स्कुटरको डिकीबाट दुई राउन्ड गोलीसहित पेस्तोल बरामद, एक जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्कुटरको डिकीबाट दुई राउन्ड गोलीसहित पेस्तोल बरामद, एक जना पक्राउ


१४ असार २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । ललितपुर प्रहरीले पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ प्रदेश ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरमा इमाडोलबाट लुभु गइरहेका थिए । शङ्का लागेर खानतलासी गर्दा स्कुटरको डिकीमा हतियार र गोली भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस