वामदेव गौतमको प्रक्षेपण: कम्युनिष्टहरू नमिले काँग्रेसको बहुमत आउँछ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वामदेव गौतमको प्रक्षेपण: कम्युनिष्टहरू नमिले काँग्रेसको बहुमत आउँछ


१४ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट आन्दोलन धराशायी हुने अवस्था देखेको बताउँदै उनले यस्तो बताएका छन् ।

‘आज मैले देखिरहेको छु । यो कम्युनिस्ट आन्दोलन धराशायी भइरहेको छ,’ गौतमले भने,‘एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने, या त गठबन्धनकै सहारामा काँग्रेसले बहुमत प्राप्त गर्नेछ त्यो नभएपछि प्रतिनिधिसभा र प्रदेशसभामा सबभन्दा ठुलो पार्टी बन्नेछ ।’

त्यसको ५ वर्षसम्म नेपाली काँग्रेसकै नेतृत्वमा राज्यका संरचनाहरू रहने उनले दाबी गरे । ‘त्यसपछि नेपाली काँग्रेसलाई गठबन्धनको आवश्यकता पर्ने छैन, दोस्रो निर्वाचनमा,’ उनको भनाइ थियो ।

नेपाली काँग्रेस नेतृत्वमा भएका बेला यो देशले ठूलाठूला सङ्कट व्यहोर्नुपरेको गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस