पाल्पा – बुटवल सडक अवरुद्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पाल्पा – बुटवल सडक अवरुद्ध


१४ असार २०७९, मंगलबार


रामपुर । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो । आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ ।

लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाइ परेको छ । सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनै पनि सवारीसाधन चलेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस