हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प


१४ असार २०७९, मंगलबार


उडान रद्द

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्ता दिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्ता दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ का मनबहादुर रोकायले बताए ।

आज बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ । सुर्खेत र नेपालगन्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ ।

अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । नियमित उडान नहुँदा यहाँका अधिकांश सर्वसाधारण हेलिकोप्टर प्रयोग पनि हुँदै आएको छ । औषधोपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ ।

उता डोल्पामा सडक सञ्जाल पुगे पनि स्थल मार्ग र हवाई मार्गमा बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाई मार्गतिर जोड दिने गरेका छन् । जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाज मात्र उडान भर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस