टेक्सासमा लरीभित्र ४२ जना मृत फेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टेक्सासमा लरीभित्र ४२ जना मृत फेला


१४ असार २०७९, मंगलबार


काठमाडौँ । अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना मृत फेला परेका छन्।

टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ। घाइते १६ जनालाई अस्पताल लगिएको छ।

मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको न्यूयोर्क टाइम्सेले जनाएको छ।

गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्र्याकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका–मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ।

सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस