कर्मचारीकाे गाडी लुटेर फरार भएका ३ भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीकाे गाडी लुटेर फरार भएका ३ भारतीय नागरिक पक्राउ


१३ असार २०७९, सोमबार


धनगढी । डडेलधुराको आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारी कुटपिट गर्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाली कर्मचारीलाई कुटपिट गरी उनको कारसमेत लुटेर फरार भएका भारतको हरियाणा राज्यका २१ वर्षीय भगत सिंह, २० वर्षीय सन्नी जाट र १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू तीनै जनालाई स्थानीयवासीको सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ को एैश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

लुटिएको प्रदेश ३-सम्बन्धित समाचार०१-२३ च ८७२१ नम्बरको कारसमेत फेला परेको हो । उक्त कार कम्प्युटर अपरेटर भण्डारीको हो । आफै कार चलाएर गन्तव्यतर्फ गइरहेका बेला उनी लुटिएका हुन् ।

सम्बन्धित समाचार : लिफ्ट मागेर चढेका ३ जनाले लुटे कम्प्युटर अपरेटरको गाडी

Tags :
प्रतिक्रिया दिनुहोस