सामान्य नागरिकले भोगेका अप्ठ्यारालाई सहजीकरण गर्ने श्रम मन्त्री कुँवरको प्रतिबद्धता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सामान्य नागरिकले भोगेका अप्ठ्यारालाई सहजीकरण गर्ने श्रम मन्त्री कुँवरको प्रतिबद्धता


१३ असार २०७९, सोमबार


काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पदभार कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रमका लक्ष्य पुरा गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गर्दै उनले मन्त्रालयको टिमसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

उनले भने, ‘मन्त्रालयको सबै टिमसँग सहकार्य गरेर अघि बढ्नेछु । मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने चाहे आन्तरिक रोजगारी हुन् या वैदेशिक रोजगारी नै, कसरी व्यवस्थापन र सम्बोधन गर्न सकिन्छ, सामान्य नागरिकले भोगेका समस्या र अप्ठ्यारालाई सहजीकरण गर्ने काम गर्नेछु ।’

उनले वैदेशिक रोजगारीमा जाँदा नागरिकले भोग्नु परेका समस्या समाधान गर्नका लागि मन्त्रालयले गरेको अध्ययन अनुसन्धानलाई केलाएर अघि बढ्ने योजनासमेत रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस