अर्थमन्त्रीलाई राष्ट्रिय सभामा पनि एमालेले गर्‍यो बहिष्कार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीलाई राष्ट्रिय सभामा पनि एमालेले गर्‍यो बहिष्कार


१३ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।

अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।

राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस