उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उदयपुरमा १४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ


१३ असार २०७९, सोमबार


काठमाडौँ । उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् ।

ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस