२० दिनमा आए महानगरको कल सेन्टरमा ४५ सय बढी गुनासा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२० दिनमा आए महानगरको कल सेन्टरमा ४५ सय बढी गुनासा


१३ असार २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ ।

महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाइको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरूलाई सभा गृहस्थित कम्प्युटर ल्याबमा ग्रिभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।

गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।

अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्‍याउने, गुनासो गरिएको अवस्थाको तस्बिर र सुधार भएपछिको तस्बिर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस