भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार


१३ असार २०७९, सोमबार


जबर्जस्ती करणी

काठमाडौँ । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

हिजो (आइतबार) बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।

पीडित युवतीहरु दाङ प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिरिएको हो ।

घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ । अनुसन्धानका क्रममा भारतीय प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस