रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा


१३ असार २०७९, सोमबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्।

‘एकसाथ जी-७ समूहले रुसी सु नको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी-७ समूहका सदस्य राष्ट्रले रुसबाट अर्बौँ डलर बराबरको सुन आयात गर्दै आएका छन्।

बेलायती प्रधानमन्त्री बोरिस् जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रुसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी समेत गरेका छन् ।

पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए । उनले युक्रेनी र रुसी जनता दुवैको खर्चमा आफ्नो अहङ्कार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।

सुरुमा बेलायतले रसियाली सुन आयातमा प्रतिबन्ध लगाएको थियो। यसपछि जी-७ सदस्यहरू क्यानडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका हुन्।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी-७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस विषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी
ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रुसको उत्पादनको ९० प्रतिशत जी-७ राष्ट्रहरूमा थियो। यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो।

सन् २०२१ मा रुसले १२.६ बिलियन पाउण्ड बराबरको सुनको निर्यात भएको थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले जी सेभेनका अन्य सदस्य राष्ट्र जर्मनी, फ्रान्स र इटालीलाई पनि प्रतिबन्धमा सामेल हुन सुझाव दिएका छन्।

‘जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रुसको प्रमुख निर्यात हो । रुसले अर्बौँ डलर बराबरको सुन निर्यात गर्छ’, प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस