आले र झाँक्रीले दिए मन्त्रीबाट राजीनामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आले र झाँक्रीले दिए मन्त्रीबाट राजीनामा


१२ असार २०७९, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आले र झाँक्रीले आइतबार साँझ आ–आफ्नो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी बिदाइ भएका हुन् ।

नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउँदै ती ठाउँमा नयाँ मन्त्री पठाउन लागेको हो । गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन।

यसैबिच नयाँ बन्ने मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालय पुगिसकेको छ । केही समयमै नयाँ मन्त्रीहरूको शपथ हुनेछ ।

सम्बन्धित समाचार : यी हुँदैछन् नयाँ मन्त्री

Tags :
प्रतिक्रिया दिनुहोस