प्रधानन्यायाधीशमाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन अधिकारीको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीशमाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन अधिकारीको माग


१२ असार २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए ।

उनले भने, ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो । यसको साझी प्रतिनिधिसभा हुनुहुँदैन । आजै समितिमा लगैर छानबिन र सुनुवाइ होस्, अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस