विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा


१२ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्।

उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए ।

प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ बताउँछन् ।

‘देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाट सक्षम युवालाई उम्मेदवारी दिन म आह्वान गर्दछु,’ उनले भने । अब हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूले काठमाडौँ ६ बाट उम्मेदवारी दिने उनले घोषणा गरेका हुन् ।

उनले नेपाललाई शान्ति क्षेत्र बनाउन पहल गर्नेजस्ता एजेन्डा अघि सारेका छन् ।

उनले विवेकशील साझाप्रति लक्षित गर्दै तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्ताबेजको च्याप्टर नै क्लोज भएको बताएका छन् ।

‘पार्टीमा अध्यक्षले ल्याएको प्रस्तावमा पार्टीभित्रै विभिन्न धारणा थिए । त्यसले सही ट्याक लिन नसकेपछि पार्टी अहिले कोमामा छ, त्यो च्याप्टर क्लोज भयो,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस