नागरिकता विधेयक अहिल्यै पारित गर्नुपर्छ : सभामुख सापकोटा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विधेयक अहिल्यै पारित गर्नुपर्छ : सभामुख सापकोटा


१२ असार २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

आज (आइतबार) बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए ।

‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठ वटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ,’ उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने सङ्कल्प हामीले लिएका छौँ ।’

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । ‘कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि हाम्रो दायित्व हो,’ सभामुख सापकोटाले भने, ‘हाम्रो कुनै स्वार्थ छैन, मात्र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस