कात्तिक ३० मा सङ्घ र प्रदेशको निर्वाचन गर्न आयोगको प्रस्ताव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कात्तिक ३० मा सङ्घ र प्रदेशको निर्वाचन गर्न आयोगको प्रस्ताव


१० असार २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले २०७९ साल कात्तिक ३० गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।

आयोगले सरकारलाई आगामी साढे चारदेखि पाँच महिनाभित्र आम निर्वाचन गर्ने अनौपचारिक प्रस्ताव पठाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘अब आम निर्वाचन धेरै टाढा छैन, साढे चार महिनादेखि पाँच महिनाभित्र चुनाव हुन्छ,’ काठमाडौँ महानगरपालिकाको नगरसभामा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘निर्वाचन आयोगले आमनिर्वाचनका लागि मिति नै तोकेर अनौपचारिक प्रस्ताव पठाइसकेको अवस्था छ । अब छिट्टै सरकारले चुनावको मिति तोक्नेछ ।’

मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले आफूहरू सरकारमा रहुन्जेल काठमाडौं महानगरपालिकाको विकासका लागि सबै खाले सहयोग पुर्‍याउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस