काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ४१ करोडको बजेट


१० असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।

काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् ।

सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ ।

काठमाडौँ महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।

चालू आवमा भन्दा आगामी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस