पार्टी विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय स्मरण भइरहेको छ : भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय स्मरण भइरहेको छ : भट्टराई


१० असार २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् ।

एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् ।

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईँको काबुभन्दा बाहिर जानेछ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

उनले आफूहरूले त्यतिबेला नै चिनेका खेलाडीहरू माधव नेपाल र झलनाथ खनालले बिस्तारै चिन्दै जानेसमेत बताए । उनले ‘आत्मबोध र पश्चाताप कहिलेसम्म ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस