एसीसी महिला टी-२० : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसीसी महिला टी-२० : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो


१० असार २०७९, शुक्रबार


काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित हुँदा नेपाल बाहिरिएको छ । युएई फाइनलमा पुगेको छ ।

मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले नेपाललाई ८२ रनको  सामान्य लक्ष्य दिएको थियो। युएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो ।

यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इसा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन्। उनी प्लेयर अफ दि म्याच भइन् । यस्तै इन्दु बर्माले ३ र सीता राना मगरले २ विकेट लिइन् । तर खेल रद्द भएपछि नेपाल बाहिरिएको छ । 

नेपाल समूह ‘बी’ को उपविजेता र युएई समूह ‘ए’ को विजेता हो । नियमअनुसार युएई समूह विजेता हुँदा फाइनलमा पुग्न सफल भयो । अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र थाइल्यान्ड रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस