महामन्त्री थापा र गभर्नर अधिकारीबीच भेट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महामन्त्री थापा र गभर्नर अधिकारीबीच भेट


१० असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्याका विषयमा नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग भेटेर छलफल गरेका छन् ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको कुरा उनले फेसबुकमार्फत जानकारी गराएका हुन् ।

‘नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ थापाले लेखेका छन्, ‘अर्थतन्त्रमा देखिएका यीलगायतका समस्या समाधानका उपायहरूसहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस