चीनले भन्यो: एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनले भन्यो: एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय


९ असार २०७९, बिहिबार


काठमाडौँ । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने भनी नेपालले गरेको निर्णयको प्रशंसा गरेको छ ।

विहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।

उनले एसपीपीलाई लिएर नेपालमा व्यापक विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको बताए ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताए ।

नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने उनले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस