विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विराटनगरबाट कटारी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते


९ असार २०७९, बिहिबार


जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् ।

विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो ।

मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भए लगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् ।

६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

अनियन्त्रित भई सडकबाट उत्तर २० फिट तल झरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस