प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! « प्रशासन
Logo २१ असार २०७९, मंगलबार
   

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची !


९ असार २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । साथै लोकसेवा आयोग विधेयक, ०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस