बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ


८ असार २०७९, बुधबार


पक्राउ

काठमाडौँ । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

उदयपुरको रौतामाई गाउँपालिका-४ घर भई हाल कागेश्वरी नगरपालिका-८ गोठाटार बस्‍ने ३२ वर्षीय दौलत विक्रम राउतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ साल चैत २५ गते राउतलाई १ लाख ४० हजार जरिवाना र १ दिन कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत, तहसिल शाखा, लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस