घुस प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुस प्रकरण : न्यायाधीश कोइरालाले ४५ दिन काम गर्न नपाउने


८ असार २०७९, बुधबार


काठमाडौँ । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले अब ४५ दिन काम गर्न नपाउने भएका छन् । आजैका मितिदेखि उनले काम गर्न नपाउने भएका हुन् ।

आज (बुधबार) बसेको न्याय परिषद्को बैठकले तत्कालका लागि उनलाई ‘काम गर्नबाट वञ्चित गर्ने’ निर्णय गरेको हो ।

बैठकबाट न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेरलबीच भएको भनिएको संवादका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

छानबिन समितिका सदस्यहरूमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा छन् ।

समितिलाई न्याय परिषद्समक्ष ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको एक सदस्यले जानकारी दिए ।

अडियो सार्वजनिकसँगै परिषद्को आकस्मिक बैठक बसेको हो । उक्त अडियोमा कोइराला र पोखेरलबीच जेलमा रहेका इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाइ गरिएको सुनिन्छ ।

सम्बन्धित समाचार : न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

सम्बन्धित समाचार : न्यायाधीश-अधिवक्ता घुस प्रकरण : श्रेष्ठको नेतृत्वमा छानबिन समिति

Tags :
प्रतिक्रिया दिनुहोस