न्यायाधीश-अधिवक्ता घुस प्रकरण : श्रेष्ठको नेतृत्वमा छानबिन समिति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

न्यायाधीश-अधिवक्ता घुस प्रकरण : श्रेष्ठको नेतृत्वमा छानबिन समिति


८ असार २०७९, बुधबार


काठमाडौँ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्‍ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको न्यायपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको कानुनमन्त्री गोविन्द कोइरालाले जानकारी दिए ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनको अडियो वार्ता सार्वजनिक भएको छ ।

सम्बन्धित समाचार : न्यायाधीश र अधिवक्ताले घुस डिल गरेको अडियो सार्वजनिक, न्यायपरिषद्को बैठक बोलाइयो

Tags :
प्रतिक्रिया दिनुहोस