१९ सयभन्दा तल झऱ्यो नेप्से « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

१९ सयभन्दा तल झऱ्यो नेप्से


प्रशासन संवाददाता

८ असार २०७९, बुधबार


काठमाडौँ । आज (बुधबार) फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अङ्कभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अङ्कमा झरेको नेप्से मंगलबार करिब ४० अङ्क बढेर १९२४ अङ्कमा कायम भएको थियो ।

बुधबार फेरि ३१.२ अङ्क घटेर नेप्से १८९३ अङ्कमा कायम भएको हो । कारोबार रकम भने १ अर्ब पनि पुगेन । ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैङ्किङ १६, विकास बैङ्क ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र व्यापार उपसमूह १७ अङ्क घटे । कुल १९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने २ को स्थिर रह्यो ।

म्युचुअल फन्ड ग्लोबल आईएमई समुन्नत स्किम र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैङ्क, नेपाल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैङ्क र एनआईसी एसिया बैङ्क क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २६ खर्ब ९९ अर्ब कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस