विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाले किसानलाई दिन ल्याएको पानी तान्ने मोटर कर्मचारीले लगेका छन् । उक्त मोटर कर्मचारीले लगेको खुलेपछि विवाद भएको छ ।
चालु आर्थिक वर्षमा वितरणका लागि ल्याएकामध्ये पाँच वटा मोटर पालिकाको गोदाममा थियो । तर गोदाम खाली गर्ने क्रममा कर्मचारीले मोटर लिएर घरतर्फ गएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
सोमबार बिहान साढे ८ बजे गोदामबाट अटोमा लोड गरेर पानी तान्ने मोटर लगेपछि स्थानीयले रोकेका थिए । को ३ ह ५९७९ नम्बरको टेम्पोमा मोटर लिएर गएपछि बर्जु गाउँपालिका–५ का बासिन्दाले टेम्पो र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । स्थानीयले सरकारी बजेटको मोटर कर्मचारीले चोरेको भन्दै विरोध गरेपछि विवाद बढेको थियो ।
विवादका क्रममा दुर्व्यवहार गरेको भन्दै कर्मचारीले बुधबार नगरपालिकाको कामकाज रोकेका छन् ।
स्पष्टीकरण पत्र :
