होस्टेलमा किशोरी मृत फेला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

होस्टेलमा किशोरी मृत फेला


८ असार २०७९, बुधबार


काठमाडौँ । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पाकी एक किशोरी होस्टेलमा मृत फेला परेकी छिन् ।

रोल्पाको रुन्टिगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन । सदरमुकाम लिवाङ्ग स्थित घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको ब्युटिपार्लर तालिममा गएकी उनी होस्टेलमा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको हो कि भन्ने आशङ्का गरिएको छ । तर मेडिकल रिपोर्ट न आए सम्म एकिन भन्न नसकिने उनको भनाइ छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस