युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, बालकसहित १५ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारी, बालकसहित १५ जनाको मृत्यु


८ असार २०७९, बुधबार


काठमाडौँ । युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।

उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ । आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्णमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । हमलामा चार जना घाइते भएका थिए ।

त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस