छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : अध्यक्ष ओली « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

छिमेक सम्बन्धमा कार्ड खेल्न हुँदैन, खेल्यौँ भने फस्छौँ : अध्यक्ष ओली


७ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् ।

आज (मंगलबार) काठमाडौँमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् ।

छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैँ दुई ढुङ्गाबिचको तरुलका रूपमा नै नेपाल रहिरहने उनको भनाइ थियो ।

‘छिमेक सम्बन्धमा हामीले कार्ड खेल्न सक्दैनौँ । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्न सक्दैनौँ । छिमेकीसँग भित्री साँठगाँठ गर्ने र बाहिर अर्कै कुरा गर्ने हो भने हामी फस्छौँ,’ ओलीले भने ।

छिमेकी देशसँग रहेका मतभेदहरू कुराकानीबाट सुल्झाउनुपर्ने पनि ओलीले बताए । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादसम्बन्धी समस्या खुलस्त छलफलबाटै समाधान गरिनुपर्ने पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस