फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च


७ असार २०७९, मंगलबार


मनिला । फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ ।

केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।

‘अहिलेको तथ्याङ्कका हेर्ने हो भने पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका उप सचिव मारिया रोसारियो भेर्गेइरले भने ।

उनले अहिलेको तीव्र वृद्धिको अवस्था हेर्दा सङ्क्रमितहरूको सङ्ख्या अझै धेरै उचाइमा पुग्ने देखिएको छ ।

गत सन् २०२१ को सेप्टेम्बर र सन् २०२२ को जनवरीमा पनि यस्तै अवस्था देखिएको समेत उनले जानकारी दिए ।

एक दिनमा सबैभन्दा धेरै सङ्क्रमित भएको यही वर्षको जनवरी १५ मा हो । उनका अनुसार सो दिन ३९ हजार ४ जना नयाँ सङ्क्रमित भएका थिए ।

अहिले पछिल्लो हप्ता भने औसतमा दुई हजार ४५८ जना नयाँ सङ्क्रमित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस