सचिव खतिवडा अवकाश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिव खतिवडा अवकाश


२० जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव यामकुमारी खतिवडाले अनिवार्य अवकाश पाएकी छिन् ।

पुसदेखि प्रधानमन्त्री कार्यालय कार्यरत खतिवडा पाँच वर्षे सेवा अवधिका कारण जेठ १९ गते बिहीवारदेखि अवकाश भएकी हुन् ।

नेपाल संसद् सेवाबाट जागिरे जीवनमा प्रवेश गरेकी उनी उपसचिव हुँदा प्रशासन सेवामा भित्रिएकी थिइन् । उपसचिव छँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेकी खतिवडा सहसचिव हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लामो समयसम्म बसेकी थिइन् ।

उद्योगबाटै सचिवमा बढुवा भएकी खतिवडा सचिव भएपछिको पहिलो क्षेत्रीय प्रशासन कार्यालय पोखरा पोस्टिङ भइन् भने । त्यसपछि सूचना आयोग र उद्योग। वाणिज्य तथा आपूर्ति मन्त्रालयमै फर्किएकी थिइन् ।

प्रधानमन्त्री कार्यालय आउनु अघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत थिइन् ।

उनको अवकाशसँगै प्रशासन सेवामा एक सचिवका पद रिक्त भएको छ । उक्त पदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका वरिष्ठ सहसचिव विनोद प्रकाश सिंह सचिवमा बढुवा हुनेछन् । ज्येष्ठताका आधारमा अव बस्ने बढुवा समितिको बैठकले उनको नाम सिफारिस गर्नेछ । त्यसपछिको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस