सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनी प्रवक्तासमेत हुन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव सिंहको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस