बालेनले रुटिन अफ नेपाल बन्दको कन्सल्टेन्सी कतिमा हायर गर्नुभयो : आरजु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालेनले रुटिन अफ नेपाल बन्दको कन्सल्टेन्सी कतिमा हायर गर्नुभयो : आरजु


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेता आरजु राणा देउवाले आफू कस्तो नेता भन्ने छुट्याउन नेता कार्यकर्तालाई सुझाव दिएकी छन् ।

सोमबार नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले भनिन्, ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि ? विचार दिने नेता हो कि ? मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? वाककला भएको नेता हो ? आफ्नो गुण के हो पहिचान गर्नुस् ।’

अहिले स्वतन्त्र रुपमा स्थानीय तहमा जितेकाहरुले पनि यसरी नै गुण पहिचान गरेर सफल भएको उनले बताइन् । नेता देउवाले भनिन्, ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ?’

ठूलो फलोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गर्न बालेन सफल भएको उनको दाबी छ । प्रधानमन्त्री पत्नी समेत रहेकी देउवाले भनिन्, ‘राजनीति हो, एभ्रिथिङ इज फेयर भन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस