आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घट्यो : आयल निगम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आइतबार विदा गर्दा पेट्रोल खपत ११ प्रतिशतले घट्यो : आयल निगम


६ असार २०७९, सोमबार


काठमाडौँ । नेपाल आयल निगमले जेठ महिनामा आइतबार विदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको दावी गरेको छ ।

सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले वैशाख महिनामा भन्दा जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको बताएका हुन् ।

उनका अनुसार चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको थियो । तर जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस