एन्फाको चुनावी साधारणसभा सुरु, खेलकुदमन्त्री गहतराजद्वारा उद्घाटन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एन्फाको चुनावी साधारणसभा सुरु, खेलकुदमन्त्री गहतराजद्वारा उद्घाटन


६ असार २०७९, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को चुनावी साधारणसभा सुरु भएको छ ।

काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले साधारणसभाको उद्घाटन गरेका हुन् ।

साधारणसभामा एन्फा मातहतका ४८ जिल्ला, १४ ए डिभिजन, ११ बी डिभिजन, ९ सी डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला सङ्घ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ जन प्रतिनिधि उपस्थित छन् ।

उद्घाटन कार्यक्रमपछि बन्द सत्र र त्यसपछि लगत्तै चुनावी प्रक्रिया सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस