बैठकमा लफडा गर्ने अखिल क्रान्तिकारीका १० जनालाई कारबाही, को-को परे ? « प्रशासन
Logo १४ आश्विन २०७९, शुक्रबार
   

बैठकमा लफडा गर्ने अखिल क्रान्तिकारीका १० जनालाई कारबाही, को-को परे ?


६ असार २०७९, सोमबार


काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत गर्नेहरूलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् । अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो ।

कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ ।

बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस