३७ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

३७ अङ्कले घट्यो नेप्से


५ असार २०७९, आइतबार


काठमाडौँ । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले घटेको छ ।

आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।

आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार आँधी खोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशतले बढ्यो ।

सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेड रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस