पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरो खस्दा पृथ्वीराजमार्गको डुम्रे–याम्पा खण्ड अवरुद्ध


५ असार २०७९, आइतबार


दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ ।

मध्यान्ह १२ बजेतिर पहिरो खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरो हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरो खसिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस