२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : प्रदीप ज्ञवाली

अ+ अ-

काठमाडौँ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको पनि आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (आइतबार) को बैठकमा ज्ञवालीले प्रधानन्यायाधीशलाई काम गर्न नदिई महाभियोग लागेको अवस्थामा नै घर पठाउन लागिएको बताए ।

‘व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको छ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगायै घर पठाउन खोजिएको छ । यसले कसैको तुस आत्मसन्तुष्टि होला तर संस्था कमजोर हुन्छ’, उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्तारुढ गठबन्धनमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते विभिन्न आरोपसहित महाभियोग लगाएका थिए ।

संसदमा महाभियोग सिफारिस समिति बने पनि त्यसमा महाभियोग नपठाएको अवस्थामा सांसद ज्ञवालीले विरोध गरेका हुन् ।

सर्वोच्च अदालतलाई विवादमा तानिएको र संस्था कमजोर पार्न खोजिएको ज्ञवालीको भनाइ थियो । अब नेपाली सेनालाई पनि कमजोर पार्न खोजिएको हो कि भन्ने आशङ्का भएको ज्ञवालीको भनाइ थियो । ‘सेनालाई विवादमा ल्याउने, त्यसलाई भित्रैबाट कमजोर पार्ने कसैको षडयन्त्रमा त परेनौँ भन्ने लागेको छ’, उनले भने ।

विदेशमा पत्र पठाउँदा परराष्ट्र मन्त्रालयको राय लिने व्यवस्था अनिवार्य गर्नुपर्ने एसपीपीको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले भने ।