काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै


५ असार २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (आइतबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो रहेको छ ।

नगर सभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।

यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।

अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस