दोनेत्स्कमा युक्रेनको बमबारी, पाँच सर्वसाधारणको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

दोनेत्स्कमा युक्रेनको बमबारी, पाँच सर्वसाधारणको मृत्यु


५ असार २०७९, आइतबार


काठमाडौँ । पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ । दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो ।

सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रुसी सेनाहरूबिच भयङ्कर लडाइको विषय बन्दै आएको छ । ‘आज बिहानदेखि, शत्रुको ठूलो बमबारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस