हात्तीले आक्रमण गर्दा कैलालीमा एक जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हात्तीले आक्रमण गर्दा कैलालीमा एक जनाको मृत्यु


५ असार २०७९, आइतबार


काठमाडौँ । कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।

जङ्गलबाट निस्केका हात्तीले कर्णाली नदी किनार सनकट्टीघाटमा आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीया टङ्क सोडारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोडारी कामबाट घर फर्कँदै थिइन्। शनिबार साँझ उनलाई हात्तीले आक्रमण गरेको थियो। दुई वटा हात्ती देखेपछि उनीसहित अरू मानिस भागेका थिए।

तर सोडारीलाई एक हात्तीले आक्रमण गरेको थियो। तटबन्धमा मजदुरी गरेर घर फर्किरहेकी उनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

हात्तीले उनलाई लछारपछार गरेर मारेको स्थानीय बासिन्दाले प्रहरीलाई बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस