एसपीपी बारे सेनाले सोझै पत्राचार गरेको देखियो : पुन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसपीपी बारे सेनाले सोझै पत्राचार गरेको देखियो : पुन


४ असार २०७९, शनिबार


काठमाडौँ । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदूतावासलाई सोझै पत्राचार गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गरेकोमा आपत्ति जनाएका हुन् ।

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस