युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

युवतीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ, दुई फरार


४ असार २०७९, शनिबार


जबर्जस्ती करणी

काठमाडौँ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिति सुस्त भएको प्रहरीले जनाएको छ। 

उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर चार जनाले बलात्कार गरेको खुलेको हो। 

पीडितलाई कमल चौधरीले फकाएर लगेका थिए। उनले आफ्ना तीन जना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीले बताएको छ।

घटनापछि पीडित युवती घर फर्किएपछि घटनाबारे बाहिरिएको हो। आफन्तले उनीमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। 

परिवारले चार जना विरुद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस