तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर


३ असार २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २०७३ असोज २१ गते राजपत्र अङ्कित प्रथम श्रेणी अन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए ।

सेवा प्रवेशको झन्डै ५ वर्षमा उनले ६ करोड बढी अकुत सम्पत्ति कमाएको अख्तियारको छानबिनमा देखिएको छ ।

उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गरी गैर कानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगो बमोजिम जरिवाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको प्रवक्ता भण्डारीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस