कालीगण्डकीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको उद्धार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कालीगण्डकीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको उद्धार


३ असार २०७९, शुक्रबार


काठमाडौँ । कालीगण्डकी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ।

पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए।

डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

स्थानीयवासी र डुंगा चालकले बेपत्ताको उद्धार गरेका हुन्। वर्षायाम सुरु भएकाले डुंगा नचलाउन सुझाव दिएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस