प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुने  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत हुने 


३ असार २०७९, शुक्रबार


काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक सुरु हुने भएको छ । 

आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस हुने कार्यसूची रहेको छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्नेछन् । सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची छ । 

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस